हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ आजबाट ४३ वर्ष लागेका छन् । फेसबुकमा शुभकामनाको ओइरो लागिरहेको छ ।फिल्म र स्टेज कार्यक्रममा ब्यस्त घिमिरे फिल्म ‘रामकहानी’ मा दश लाख पारिश्रमिक लिएको विषयले चर्चामा आए ।


सन्तोष पन्त निर्दे्शित टेलिश्रृङ्खला ‘हिजो आजका कुरा’ बाट अभिनय सुरु गरेका घिमिरेले गीताञ्जली, तीतो सत्य, लोकलहरी लगायतमा काम गरे । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा माग्नेबुढाको क्यारेक्टरबाट उनी आम दर्शकमाझ चिनिए । पछिल्लो समय विल्सन विक्रम राईसँगको सहकार्यमा युट्युबमा ‘खासखुस’ नामक सिरियल निर्देशन गरेका छन् ।‘माग्ने बुढा’ लाई हाम्रो तर्फबाट जन्मदिनको मज्जाको शुभकामना । उनलाई फिल्मकर्मी फेसबुक मार्फत यसरी शुभकामना दिएका छन् ।

 

For More videos Log on to Mazzako TV