अभिनेत्री केकी अधिकारीले आफू निर्मित तथा अभिनित फिल्म ‘कोहलपुर एक्सप्रेस’का लागि नौलो प्रचार शैली अपनाएकी छिन् । खाजा डेलिभरी गर्दै आएको फुडमान्डुसँग मिलेर उनले दर्शकलाई सरप्राइज दिएकी छिन् ।

अभिनेत्री केकी अधिकारी र ऋचा शर्माले राजधानीका विभिन्न स्थानमा फुडमान्डुबाट अर्डर गरेका दर्शकको घरमा पुगेर पिज्जा र अन्य खाजाका परिकार हस्तान्तरण गरे ।साथमा, उनीहरुले कोहलपुर एक्सप्रेस लेखेको टिसर्ट समेत हस्तान्तरण गरेका छन् । केकी र ऋचाले यो प्रचारलाई अझै केहि दिन गर्ने बताएका छन् । प्रचारमा अभिनेत्री प्रियंका कार्की पनि सहभागी हुनेछिन् ।

Image may contain: 2 people, people standing

उनीहरु घरमा पुग्दा ग्राहक अचम्मित बनेका थिए । साथमा, उनीहरुले फिल्मको बारेमा समेत धेरै जानकारी भएको बताएका थिए । वैशाख १४ गतेबाट रिलिज हुने यो फिल्मको प्रचारका लागि यो शैली नयाँ देखिएको छ ।

For More videos Log on to Mazzako TV