दीपाश्री र झरनाको दबादबा
नेपाली फिल्मका लागि यो बर्ष पनि औषत रह्यो । यो बर्ष करिब आधा दर्जन फिल्मले राम्रो कमाई गरेका छन् । यसरी, राम्रो कमाई गर्ने आधा दर्जन फिल्ममा २ महिला निर्देशकको फिल्म छन्, जसको दबदबा यो बर्ष रह्यो ।
निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको दोश्रो फिल्म ‘छक्का पन्जा २’ यो बर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । फिल्मको निर्माण टिमका अनुसार यसले १२ करोडको ग्रस कलेक्शन गरेको छ । यसैले, यो बर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको निर्देशक यो बर्ष पनि दीपाश्री नै बनिन् ।
यस्तै, अर्की महिला निर्देशक झरना थापाले निर्देशन गरेको पहिलो फिल्म ‘ए मेरो हजुर २’ले पनि यो बर्ष कमाइ गरु्यो । यो फिल्मले ६ करोडको ग्रस कलेक्शन गर्दै गर्दा झरनाको दबादबा पनि फिल्म क्षेत्रमा रह्यो । नेपाली फिल्ममा पुरुष निर्देशक हाबी हुँदा यो बर्ष २ महिला निर्देशकको दबदबा रहन पुगेको छ ।
For More videos Log on to Mazzako TV