तेश्रो हप्तामा ‘शत्रु गते’ प्रदर्शन भैरहेका बेला निर्देशकले घोषणा गरे ‘जात्रै जात्रा’

निर्देशक प्रदीप भट्टराईको डेब्यू निर्देशन रहेको फिल्म हो ‘जात्रा’ । पहिलो फिल्मबाट उनको चर्चा मज्जाको भयो । फिल्मकर्मी देखि दर्शक सम्मले उनलाई राम्रो चर्चा दिएसंगै ‘जात्रा’ सुपरहिट साबित भयो । त्यस्तै उनले दोस्रो फिल्म निर्देशन गरे ‘शत्रु गते’ । ‘शत्रुगते’ तेश्रो सातामा शानदार रुपमा चलिरहेको बेला निर्देशक भट्टरार्नले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । डेव्यू फिल्म जात्रा को सिक्वेलको रुपमा निर्देशक भट्टराईले ‘जात्रै जात्रा’ निर्देशनको घोषणा गरेका हुन् ।

‘जात्रै जात्रा’ मा जात्रा का मुख्य कलाकारहरु विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बाँनिया र बर्षा राउत दोहोरिनेछन् । केही नयाँ कलाकार पनि थपिने स्क्रिप्ट राईटर समेत रहेका भट्टराईले बताए । रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहने फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । हाल स्क्रिप्टको काम भैरहेको फिल्मको असारको अन्त्यदेखि छायाँकन सुरु हुनेछ । ‘जात्रै जात्रा’ को रिलिज भने फागुन १७ गतेलाई तोकिएको छ ।
For More videos Log on to Mazzako TV







