चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ को आज जन्मदिन । ‘माग्नेबुढा’ आज ४३ औँ जन्मदिन मनाउदैछन् । उनले चर्चित हास्य श्रृङ्खला ‘मेरी बास्सै’ मा काम गरे पछि एकाएक चर्चा पाए । त्यसछि उनको नाम पनि माग्नेबुढा रहन गयो । ‘मेरी बास्सै’ पछि घिमिरेले ‘६ एकान ६’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ जस्ता हिट फिल्ममा काम गरिसकेका छन् । यतिखेर उनको सिनेमा नगरीमा बिषेश माग छ ।

केहि समयअघि मात्र उनलाई सुर्दशन थापाले नयाँ फिल्म ‘रामकहानी’ का लागि १० लाख पारिश्रमिक दिएर काम गराइरहेका छन् । त्यसपछि पनि ‘माग्नेबुढा’ लाई २०– २५ लाखको पारिश्रमिक दिएर काम गराउँन तयार छन् निर्माताहरु ।
माग्ने बुढा (केदार घिमिरे) लाई जन्मदिनको मज्जाको शुभकामना ।

For More videos Log on to Mazzako TV