विकास बस्यालको निर्देशन तथा लेखनमा बनेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘तिम्रो हर सासमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । अर्जुन पोख्रेलको शब्द तथा संगीत समावेश गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर छ ।

गीतमा अभिनेत्री मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठको केमेष्ट्रि मज्जाको देखिएको छ । साथै यी कलाकारद्वय गीतमा निकै रोमान्टिक देखिएका छन् । फिल्ममा उनि दुईसंगै वर्षा सिवाकोटी र स्वरूप पुरुस ढकाल लगायत अन्य कलाकारको मुख्य अभिनय छ ।

आगामी असार ८ मा प्रदर्शन हुने यस फिल्मका निर्मातामा मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा प्रकाश बास्कोटा रहेका छन् भने, सह–निर्माता बिना कार्की हुन् । फिल्मको छायांकन रमणीय स्थल मुस्ताङ, पोखरा र काठमाडौँमा भएको हो । फिल्मका प्रस्तुतकर्ता समेत रहेका मदनले फिल्म राम्रो बनेको बताए ।

For More videos Log on to Mazzako TV