हलमा अहिले पनि फिल्म ‘सत्रु गते’को दबदबा नै छ । तेश्रो सातामा चलिरहँदा यो फिल्म हेर्न दर्शक घटेका छैनन् । फिल्मको यो आक्रामक कमाइले नेपाली फिल्मका निर्मातालाई तनाव दिएको छ । ‘सत्रु गते’का निर्मातालाई यसले फाइदा दिएपनि अन्य निर्मातालाई शो पाउन गाह्रो हुने देखिन्छ ।

यो फिल्मले तेश्रो सातामा पनि उस्तै व्यापार गर्दा चैत्र २३ गतेबाट रिलिज भएको फिल्म ‘तिमी सँग’ले कम हल पायो । कम हल पाउँदा पनि फिल्मको व्यापार राम्रै छ । चौथो सातामा रिलिज हुन लागेको फिल्म ‘लिलिबिली र नेप्टे’माथि पनि कमेडी फिल्म ‘सत्रु गते’ हाबी हुने संभावना छ ।

किनकी, चौथो हप्तामा यो फिल्म लगाउँदा निर्मातालाई भन्दा हलवालालाई नै फाइदा हुन्छ । किनकी, चौथो हप्ताबाट हलवालालाई ७० र निर्मातालाई ३० प्रतिशत मात्र शेयर मिल्छ । यसैले, ‘सत्रु गते’का कारण ‘लिलिबिली र नेप्टे’ले अपेक्षित शो नपाउने चर्चा फिल्म वृत्तमा चलेको छ ।

For More videos Log on to Mazzako TV