सारुक र मलिनाको प्रेम के हो ?
अभिनेत्री मलिना जोशी र अभिनेता सारुक ताम्राकारको प्रेम खबरले अहिले मिडिया गर्माएको छ । सारुकसँगको तस्बिर मेलिनाले सामाजिक संजालमा पोष्ट गरेपछि उनीहरुको चर्चा सुरु भएको हो । कालिञ्चोकमा मलिना र सारुकले घुमफिरको तस्बिर अपलोड गरेका थिए ।
तर, अभिनेत्री मलिना जोशी भने सारुक र आफूविच प्रेम नभएको बताउँछिन् । उनले, सारुक राम्रो साथी मात्र भएको बताएकी छिन् । तर, मलिनाले सामाजिक संजालमा पोष्ट गरेका तस्बिरले उनीहरु साथी मात्र हुन् भनेर पत्याउन मुश्किल नै पर्छ ।
मलिना र सारुकले एकसाथ फिल्म ‘रानी’मा काम गरेका थिए । यसपछि, मलिना र सारुक नजिक भएका हुन् । मलिना अभिनेता अनुप विक्रम शाहीको प्रेममा पनि थिइन् । तर, अनुपसँग प्रेम टुटेपछि मलिना सारुकसँग नजिक भएकी हुन् ।
For More videos Log on to Mazzako TV