सरोज खनाल अनमोलका ‘क्याप्टेन’

अभिनेता अनमोल केसी फुटबल खेलाडी बन्दैछन् । उनको होम प्रोडक्शनमा बन्न लागेको फिल्म ‘क्याप्टेन’मा उनी फुटबलर बन्न लागेका हुन् । यो फिल्मका लागि अनमोलले अहिले फुटबल पनि सिकिरहेका छन् । यो फिल्ममा अभिनेता भूवन केसीको लगानी रहनेछ । दिवाकर भट्टराइले यो फिल्म निर्देशन गर्दैछन् ।
यो फिल्ममा अभिनेता अनमोल केसीको क्याप्टेनको रुपमा कलाकार सरोज खनाल देखिने भएका छन् । फुटबल खेलको क्याप्टेन बन्नुपरेपछि सरोज अहिले तालिम पनि लिइरहेका छन् ।

उनले यो फिल्ममा ‘कृ’को भन्दा राम्रो भूमिका रहेको बताएका छन् । फेरि, पनि अनमोलसँग काम गर्न पाउँदा उनी खुशी छिन् । यो फिल्ममा सुरुवातमा सरोज क्याप्टेन हुनेछन् । पछि, अनमोल केसीलाई क्याप्टेन बनेको हेर्न पाइनेछ ।
For More videos Log on to Mazzako TV








