निर्देशक दिनेश राउतको निर्देशनमा नयाँ फिल्म ‘प्रसाद’ निर्माण हुने भएको छ । सोमबार राजजधानी एक कार्यक्रमको आयोजना गरि फिल्म ‘प्रसाद’ को औपचारिक घोषणा गरिएको हो । फिल्ममा नम्रता श्रेष्ठ लिड रोलमा रहनेछिन् भने उनको अपोजिटमा अभिनेता विपिन कार्की छन् ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास वरिपरि घुम्ने कथा संचारकर्मी सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ फ्यामिली ड्रामा हो । रुवाउन र हँसाउन त नसक्ला तर यस फिल्मले सोच्न भने बाध्य बनाउँने निर्देशक राउत बताउँछन् ।


अभिनेत्री नम्रताले फिल्मको स्टोरी उत्कृष्ट लागेको कारण काम गर्न लागेको बताइन् । यस्तै, अभिनेता विपिनले कथाझैँ फिल्म पनि उतिक्कै रसिलो बन्नेमा विश्वस्त रहेको बताउँछन् । पर्दामा नम्रता र विपिन श्रीमान–श्रीमतिको भूमिकामा देखिनेछन्


फिल्म ‘प्रसाद’ मा नवीन मानन्धरको पनि प्रमुख भूमिका रहनेछ । सुभाष थापा निर्माता रहेको फिल्मको छायांकन बैशाख पहिलो साताबाट सुरु हुनेछ । राजेश श्रेष्ठले खिच्ने फिल्ममा कोशिस क्षेत्री र सुवास भुषालको संगीत सुन्न सकिनेछ ।

For More videos Log on to Mazzako TV