दीपकलाई हिरोइन छान्नै गाह्रो

फिल्म ‘छक्का पन्जा ३’मा यसपटक एउटा मात्र अभिनेत्री हुनेछिन् । यसअगाडिका २ सिरिजमा ३ अभिनेत्री भएपनि यसपटक एउटा मात्र हिरोइन राख्ने तयारी निर्माता दीपकराज गिरीको छ । दीपकको यहि तयारीले अहिले उनलाई नै समस्या पारेको छ ।

सधै, अभिनेत्री प्रियंका कार्की दीपकको जोडीको रुपमा फिल्ममा देखिदै आएकी थिइन् । तर, यसपटक दीपक जोडी परिवर्तन गर्नुपर्ने सोचमा छन् । तर, उनलाई अहिले हिरोइन पाउन नै गाह्रो परेको छ ।

दीपकले केहि हिरोइनहरुसँग चरणबद्ध कुराकानी पनि गरेका छन् । तर, फिल्मका अरु सबै कलाकार फाइनल हुँदा अभिनेत्री मात्र फाइनल हुन बाँकी छन् । फिल्म ‘छक्का पन्जा ३’मा अभिनेत्री हुनेले भाग्य चम्काउनेछन् । तर, कसको भाग्य चम्कने हो अझै पत्तो छैन ।
दीपक र निर्देशक दीपाश्री निरौला भने दोधारमा देखिएका छन् । वैशाख १५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ । दशैको फूलपातिबाट फिल्म रिलिज हुनेछ ।









