किन सन्यास लिन चाहन्छन् मिलन ?
लगातार फिल्म निर्देशन गरिरहेका निर्देशक मिलन चाम्सले केहि बर्ष भित्रमै फिल्म निर्देशनबाट सन्यास लिने उद्घोष गरेकाछन् । मिलनले पत्रकारहरुसँगको कुराकानीमा सन्यास केहि बर्षमै लिने बताए । उनले, आफूलाई फिल्म क्षेत्रप्रति वितृष्णा जागेर सन्यास लिन चाहेको कुरा भने अस्विकार गरेका छन् । उनले नेपाली फिल्ममा निर्देशकले निर्देशकको कुरा काट्ने, कलाकारको खुट्टा कलाकारले नै तान्ने गरेको भन्दै आफ्नो सन्यासको कारण यहि भएको बताए ।
उनले, आफूले फिल्मकै लागि आफ्नो व्यापार समेत छाडेको भन्दै सन्यासपछि व्यापार व्यवसायमा नै अगाडि बढ्ने पनि बताएका छन् । चैत्र ३० गते उनले निर्देशन गरेको फिल्म ‘लिलिबिली’ रिलिज हुँदैछ । दर्शकको प्रतिक्रिया सुनेर आफूले फिल्म कस्तो छ भनेर भन्न सक्ने उनले बताएका छन् ।
For More videos Log on to Mazzako TV