हमालको राजदुत बन्ने चाहना
अभिनेता राजेश हमालले राजदुत बन्ने चाहना राखेका छन् । भारत भ्रमणमा रहेको क्रममा नेपाली मिडियासँग कुराकानी गर्दै हमालले आफूलाई प्रस्ताव आएको खण्डमा यो अफर अस्विकार नगर्ने बताएका हुन् ।
हमालले आफ्नो बाबुको नाम आफ्नो ठाउँमा भएपनि आफू राजदुत बन्नका लागि योग्य समेत भएको बताएका छन् । हमाल पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भारतको भ्रमणमा पुगेका थिए । यसपछि, उनी भारतको राजदुत बन्न लागेको चर्चा पनि चलेको छ ।

हमालले अहिलेसम्म आफूलाई यस्तो कुनै पनि खालको प्रस्ताव नआएको पनि खुलाएका छन् । हमालले फिल्म निर्देशन गर्ने चर्चा चलिरहेको छ । तर, उनी राजदुत बन्ने चाहना पनि राख्न थालेका छन् ।
For More videos Log on to Mazzako TV







