जब सुनिल मालाको प्रेममा परे… (भिडियो)
गायक तथा संगीतकार बिकेश सावादेनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै शब्द संगीत तथा स्वरमा रहेको ‘मेरो आँखाको’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको हो । मनोज मोलेले गीतको एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा नायिका तथा मोडल माला लिम्बुसंग सुनिल क्षेत्रीले रोमान्स गरेका छन् भने, नेपाली ठिटोजले साथ दिएका छन् । माला र सुनिलको केमेष्ट्रि पनि मज्जाले जमेको छ । भिडियोलाई सुनिलले निर्देशन गरेका हुन् । टंक केसीले खिचेको भिडियोलाई बिकाश ज्ञावालीले सम्पादन गरेका छन् ।
हेनुस् भिडियो
For More videos Log on to Mazzako TV