केहि समय अघि निर्माता केशब भट्टराईले निर्माण गर्न लागेको फिल्ममा नायक सलिनमान बँनियाले काम गर्न लागेको खबर बाहिरिएको थियो । जसमा नायिकाको रुपमा नायिका वर्षा राउतले सलिनमानको अपोजिटमा अनुन्धित भएको बताईएको थियो ।


तर नायिका वर्षा राउतले फिल्म छोडेको खबर बाहिरिएको छ । सलिनको अपोजिटमा वर्षा अनुबन्धित भइसकेकी थिइन् । तर, फिल्म गरिरहन्दा धेरै सर्तहरू अपनाउनु पर्ने भएको कारण वर्षाले सलिनसँगको फिल्म छोडेको बताइएको छ । बुझिए अनुसार यो फिल्ममा अनुबन्धित हुनु अगावै वर्षाले एक विज्ञापनको लागी कमिटमेन्ट गरिसकेकी थिइन् । यता फिल्म निर्माण पक्षले विज्ञापन खेलेमा पनि फिल्म छोड्नु भनेपछि वर्षाको हातमा परेको फिल्म उम्केको हो ।

For More videos Log on to Mazzako TV