हमालले फिल्म निर्देशन गर्ने
अभिनेता राजेश हमाल अहिले दिल्लीमा छन् । हमाल दिल्लीमा रहँदै गर्दा उनले फिल्म निर्देशन गर्न लागेको चर्चा सुरु भएको छ । हुनत, हमालले फिल्म निर्देशन गर्ने भनेको लामो समय भैसकेको छ ।
तर, यसपटक भने उनी फिल्म निर्देशनको अन्तिम चरणमा छन् । अमेरिकामा रहेका २ जना नेपालीले ३ करोड लागतमा बनाउन लागेको फिल्मको निर्देशक हमाल हुन् । यो फिल्मका लागि अभिनेत्री प्रियंका कार्की र नम्रता सापकोटासँग कुरा भैरहेको छ ।
फिल्मको नाम अहिले नै सार्वजनिक गर्ने मुडमा हमाल छैनन् । फिल्ममा हमाल नै मुख्य हिरोको रुपमा देखिनेछन् । लभ स्टोरी कथामा फिल्म निर्माण हुनेछ । हमाल दिल्लीबाट फर्किएपछि फिल्मको निर्माण कम अझ स्पिडमा अगाडि बढ्नेछ ।
For More videos Log on to Mazzako TV