नेपालमा अभिनेत्रीकै कारणले फिल्म कमै चल्छन् । कुनै समय अभिनेत्री निरुता सिंहको कारणले फिल्म चल्थ्यो । यसपछि, अभिनेत्री रेखा थापाको कारणले फिल्म चल्न थाल्यो ।

अभिनेत्रीमै स्टारडम कम मात्र देखिन्छ । विचमा, प्रियंका कार्की, केकी अधिकारी जस्ता अभिनेत्री भित्रिए पनि उनीहरुकै कारणले फिल्म चलेको भने पाइएन । तर, अहिले अभिनेत्री साम्रांज्ञी राज्यलक्ष्मी शाहकै नामबाट समेत फिल्म चल्न थालेको छ ।

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘तिमी सँग’को व्यापारलाई हेर्दा पनि साम्राज्ञीकै कारणले फिल्म चलेको वुझ्न सकिन्छ । साम्राज्ञीलाई हलमा हेर्न आउने दर्शकको चाप राम्रो छ । यहिकारणले, यो फिल्मको इनिसियल व्यापारमा मद्दत पुगेको छ । साम्राज्ञी भने अहिले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि लण्डनमा छिन् ।

For More videos Log on to Mazzako TV