जब पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘शत्रु गते’ हेरे (फोटो फिचर)

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ लाई दर्शक मार्फत वर्ड अफ माउथ राम्रो मिलेकै कारण तेस्रो सातामा शानदार प्रवेश गर्न सफल भएको छ । तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल फिल्म चर्चामा पनि छ । गीतसंगीत, ट्रेलर र स्टारकास्टको कारण चर्चामा आएको फिल्मलाई पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् ।

राजधानी स्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरेका हुन् । फिल्म हेरिसकेपछी सबैले फिल्मले भरपुर मनोरंजन दिएको बताएका छन् ।

फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो, त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाइ दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

For More videos Log on to Mazzako TV








