अनमोलको बाइक मोह
अभिनेता अनमोल केसीप्रति मोहित हुने धेरै फ्यान छन् । झन्, यूवतीहरु त अनमोल भनेपछि हुरुक्कै हुन्छन् । तर, अनमोललाई भेट्न भने निकै मुश्किल छ । घर बाहिर खासै निस्कदैनन् उनी । निस्किहाले भने पनि निकै गोप्य रुपमा हिड्छन् । उनलाई अरु कलाकारलाई जस्तै सार्वजनिक स्थानमा त्यति भेटिदैन् ।

उनै, अभिनेता महंगो पारिश्रमिक पनि लिन्छन् । तर, उनलाई गाडी चलाउन र चढ्न खासै मन पर्दैैन । अनमोल बाइक भनेपछि हुरुक्कै हुन्छन्, उनी बाईकका क्रेजी छन् । बाइकमा नै लामो लामो दुरी पनि पार गर्छन् । उनी, साथीहरुसँग काठमाण्डौ बाहिर घुम्न पनि बाइकमा नै निश्कन्छन् ।

अनमोल गाडीमा यात्रागरे भने पिता भुवन केसीसँग हिड्छन् । गाडी भन्दा बाईक प्यारो लाग्ने अनमोलसँग महंगा बाइक छन् । उनी, बेनेली बाइकको ब्रान्ड एम्ब्यासडर पनि हुन् ।
For More videos Log on to Mazzako TV








