फिल्म निर्माणमा कृषा चौलागाइले खासै सफलता पाईनन् । बरु, उनले बनाएका फिल्म विभिन्न लफडामा फसे । निर्देशकसँगको खटपटको खबर पनि बेला बेला आईनै रहन्छ । उनले बनाएको फिल्म ‘पलाँस’को त काम नै अपुरो छाडेर निर्देशक हिडिदिए । यी सबै कुरा देखेकाले होला कृषा अब आफै फिल्म निर्देशनमा अगाडि सरेकी छिन् ।


कृषाले लभ स्टोरी कथामा फिल्म निर्देशन गर्न लागेकी हुन् । उनले बनाउने फिल्ममा मुख्य अभिनेता निराजन प्रधान रहनेछन् । निराजन म्यूजिक भिडियोमा चलेको नाम हो । तर, फिल्ममा उनको क्रेज कस्तो रहन्छ त्यो भन्न सकिदैन ।

म्यूजिक भिडियोबाट मोडलहरु फिल्ममा आइरहेका छन् । निराजनले कृषाको फिल्ममा संझौता गरिसकेका छन् । कृषाका लागि सिनेमा निर्देशन नयाँ छ भने निराजनका लागि फिल्ममा अभिनय । दुबैलाई यसमा सफल हुने हुटुहुटी छ ।

For More videos Log on to Mazzako TV