धुर्मुस सुन्तलीको बस्तीमा पूजाको डान्स
फिल्म ‘रामकहानी’मा समावेश एक गीतको छायांकन धुर्मुस र सुन्तलीले निर्माण गरेको ‘एकिकृत नमुना सन्तपुर बस्ती’मा गरिएको छ ।
कोरियोग्राफर कविराज गहतराजले करिब १ सय २० जना कोरसलाई यो गीतमा नचाएका छन् । गीतको सुटिङ हेर्न स्थानियको भिड लागेको थियो । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् ।
फिल्मको यो गीतमा मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राइलाई फिचरिङ गरिएको छ ।
निर्देशक थापाले यो ठाउँमा बस्ती बनेदेखि नै गीतको छायांकन गर्ने रहर पलाएको र अहिले आएर पुरा भएको प्रतिक्रिया दिएका छन् । भदौ २२ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV