आजबाट प्रदर्शनमा आएको फिल्म ‘तिमी संग’ ले दिन देशभर सुखद ओपनिङ गरेको छ । वितरक गोपाल कायस्थका अनुसार, शुक्रवार बिहानैदेखि सिंगल र मल्टिप्लेक्स स्क्रिनहरु लगभग हाउसफूल रहेका छन् । शुक्रवार बिहानीको शोमा गोपीकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको छ ।


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनका लागि बेलायत र अभिनेता आकाश श्रेष्ठ नयाँ फिल्म ‘रामकहानी’ को सुटिङका लागि उपत्यका बाहिर भएका कारण शुक्रवार बिहानै अभिनेता नाजिर हुसेनले गोपीकृष्ण हल पुगेर दर्शकको प्रतिक्रिया बुझे ।

हलमा नाजिरलाई देखेपछि सेल्फी खिच्नेहरुको भीड लाग्यो । दर्शकसँग खुसी हुँदै नाजिर पनि निकैबेर सेल्फीमा रमाए । शुक्रवार नै दर्शकको यो खालको प्रतिक्रिया पाउँदा निर्देशक शिशिर राणा मख्ख देखिन्थ्ये । हलबाट निस्कँदै गरेका अधिकांश दर्शकले फिल्मलाई राम्रो भनेका छन् । नाजिरको कामको तारिफ भएको छ । शुक्रवार पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पर्ने देखिएको छ ।


फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।

For More videos Log on to Mazzako TV