मिलन चाम्स निर्देशिते प्रतिक्षित फिल्म ‘लिलिबिली’ ले राजधानीमा प्रचारलाई तिब्रता दिएको छ । बिहिबार नयाँ बसपार्कस्थित बिजी मलबाट उपत्यका प्रचारको सुरु गरेको हो ।
राजधानीको प्रचारमा नायक प्रदीप खड्का र जसिता गुरुङ मुख्य आकर्षकको रुपमा छन् । यस्तै निर्देशक मिलन चाम्स, निर्माताद्वय सुदिप खड्का र गोविन्द शाही पनि प्रचार मा संगसगै छन् । प्रचारमा प्रदीप र जसितासँग फ्यानहरु सेल्फी लिन मज्जाले झुमिए ।


‘लिलिबिली’ रिलिज भन्दा अगाडी काठमाडौँ, भक्तपूर र ललितपुरमा कन्र्सट गरिने निर्माता गोबिन्द शाशीले बताए । यसअधि ‘लिलिबिली’ ले मोफसल प्रचार यात्रा पनि मज्जाले गरेको थियो ।


फिल्ममा प्रदीप जसितासंगै प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । फिल्म चैत ३० गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।

For More videos Log on to Mazzako TV