प्रधानमन्त्री ओलीसंग हमाल र डिसी ३ दिने भ्रमणका लागि भारत प्रस्थान
भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेता राजेश हमाल र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी प्रस्थान गरेका छन् । ३ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओलीसहित ५४ सदस्यीय भ्रमण टोली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ भने, हमाल र डिसीसहित अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको बताइएको छ । शनिवार साँझ प्रधानमन्त्री ओलीले बलिउडका चर्चित कलाकारसँग डिनर गर्ने कार्यक्रम छ ।

त्यहाँ हमाल र डिसीले नेपाली चलचित्र क्षेत्रको विषयमा बलिउड कलाकारलाई जानकारी गराउनेछन् । प्रधानमन्त्रीको राजकीय भ्रमणमा पहिलो पटक नेपाली चलचित्रकर्मीलाई सहभागी गराइएको हो । प्रधानमन्त्रीसहितको टोली आइतवार स्वदेश फर्किने छ ।
For More videos Log on to Mazzako TV







