शुक्रबार अर्थात आजबाट फिल्म ‘तिमीसँग’ सोलो रिलिज भएको छ । गएको दुई हप्तादेखि हलमा सुखद प्रर्दशन भैरहेको फिल्म ‘शत्रु गते’ साथमा फिल्म तिमी संगले प्रदर्शन सुरु गरेको हो ।
करिश्मा मानन्धर अभिनीत फिल्म ‘हिरोज’ को रिलिज डेट पछि सरेपछि ‘तिमीसँग’ ले सोलो रिलिजको अवसर पाएको हो । एकल रिलिजको मौका पाएपनि यस फिल्मले मल्टिप्लेक्समा भने न्युन शो पाएको छ ।

शुक्रवार र शनिवार फिल्मले बम्पर गर्याे भने आइतवारबाट शोमा केही वृद्धि हुन सक्नेछ । फिल्मको ट्रेलरमा देखिएको लोभलाग्दो लोकेशन, कलाकारको अभिनय र संवादले यसलाई प्रतिक्षित बनाइएको हो ।

फिल्मको निर्माण र प्रचारमा निर्देशक तथा निर्माता शिशिर राणाले कुनै कसर बाँकी छाडेका छैनन् । उनी फिल्म चल्नेमा पूर्ण आशावादी देखिएका छन् । पछिल्लो पुस्तामाझ राम्रो छाप छोड्न सफल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहेका कारण पनि ‘तिमीसँग’ प्रति धेरैको आश छ ।

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ । अभिनेता द्वय नाजिर हुसेन र आकाश श्रेष्ठ पनि फिल्ममा प्रमख भूमिकामा छन् ।

 

 

For More videos Log on to Mazzako TV