‘शत्रु गते’ प्रदर्शनका लागी नायक पल शाह जापान जाने भएका छन् । बिहिबार नेपालस्थित जापानी दूतवासले जापान जान स्वीकृति दिएपछि उनि जाने पक्का भएको हो । यही अप्रिल ८ तारिख आइतबारका दिन टोकियो स्थित नाकानो जिरो हलमा प्रिमियर शो हुँदैछ ।
नेपालमा सफलताका साथ प्रदर्शन भइरेको फिल्म ‘शत्रु गते’ ए–वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा जापानमा प्रदर्शन हुनलागेको हो । ‘शत्रु गते’ को टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा प्रदर्शन हुने छ ।


चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।
हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् । फिल्ममा टंक बुढाथोकी र कालिप्रसाद बाँस्कोटाको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV