अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका प्रेमी मयंक खड्कालाई वुधबार राजधानीको कुमारी हलमा क्यामेराबाट बच्नकै सास्ती भयो । नजाउ भने प्रेमिकाको फिल्मको प्रिमियर, जाउ भने मिडियामा खबर आउला भन्ने डर ।

सायद, यहि भएर होला उनले एक सहयोगीलाई मिडियालाई फोटो नखिच्न भन्न नै खटाएका थिए । मयंकका तस्बिर खिचिरहेका मिडियाकर्मीलाई किन तस्बिर लिएको भन्दै एक यूवती कराइरहेकी थिइन् ।

कार्यक्रममा सँगै पुगेपनि अभिनेत्री साम्राज्ञी र उनका प्रेमी मयंक मिडियाको अगाडि एकसाथ देखिएनन् । साम्राज्ञी अभिनेता नाजिर हुसेनको साथमा देखिइन् भने मयंक आफ्नै धुनमा देखिए । तर, सार्वजनिक कार्यक्रममा पुग्ने अनी तस्बिर नखिच्न भन्ने मयंकको शैली त्यती पाच्य भने थिएन ।

For More videos Log on to Mazzako TV