‘तिमी सँग’ बाट नाजिरको हाइहाइ

फिल्म ‘तिमी सँग’ को बुधबार बेलुकी राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ । पानीका कारण फिल्मको प्रिमियर प्रभावित भएको थियो । फिल्मीकर्मीको जमघट होला भन्ने सोचिएको फिल्मको प्रिमियरमा पानीका कारण न्यून मात्र फिल्मीकर्मी देखा परेका थिए ।

तर, फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता नाजिर हुसेन मिडियाको फ्ल्यासमा परे । साम्राज्ञी कालो गाउनमा आकर्षक देखिएकी थिइन् । लामो पहिरन भएकाले उनलाई पानीबाट पहिरन बचाउन निकै गाह्रो परेको थियो ।

शिशिर राणाको निर्देशनमा तयार भएको यो फिल्म भोलीबाट रिलिज हुँदैछ । फिल्म हेरेपछि अधिकांशले अभिनेता नाजिर हुसेनको प्रशंसा गरेका छन् । नाजिरको कमेडीले नै फिल्म धानेको उनीहरुको भनाई छ । अभिनेत्री साम्राज्ञी र अभिनेता आकाश श्रेष्ठको जोडीलाई पनि रुचाइएको छ ।
For More videos Log on to Mazzako TV








