फिल्मी दुनियाँमा कुनै पनि कलाकारको चुनौती अर्को कलाकारसँग हुन्छ । यहि चुनौतीका कारण कतिपय कलाकारको त झगडा नै पर्छ । तर, अभिनेता खगेन्द्र लामिछाने भने आफैसँग नै प्रतिस्पर्धा गरिरहेका छन् ।

कारण, खगेन्द्र अरुले लेखेका फिल्ममा काम गर्दैनन् । उनी, आफै फिल्म लेख्छन्, आफै खेल्छन् । खगेन्द्रको यो शैलीका कारण पनि उनको चुनौती उनीसँग नै छ ।

खगेन्द्रले लेखेको तथा अभिनय गरेको फिल्म ‘डमरुको डण्डिबियो’को ट्रेलर रिलिज भएपछि उनको प्रशंसा खुबै भैरहेको छ । ‘टलकजंग भर्सेस टुल्के, पशुपति प्रसाद, धनपति’ हुँदै ‘डमरुको डण्डिबियो’ सम्म आइपुग्दा खगेन्द्रले फरक टेष्टका फिल्म दर्शकमाझ ल्याएका छन् ।

यसैले, हरेक फिल्ममा उनीप्रति दर्शकको उत्सकुता र विश्वास बढेको छ । यहिकारणले नै हो, खगेन्द्रको चुनौती अहिले आफैसँग थपिएको छ ।

 

For More videos Log on to Mazzako TV