खगेन्द्रको डन्डीबियो क्रान्ति (भिडियो)
अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डन्डीबियो’ को ट्रेलर सार्वजनिक भएको छ । छेतेन गुरुङले निर्देशित पुरानो राष्ट्रिय खेल डण्डीबियोमा आधारित फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । ‘फ्यामिली स्पोर्ट ड्रामा’ मा आधारित फिल्ममा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।
फिल्म आगामी बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको फिल्ममा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV