अहिले फिल्म ‘नाई नभन्नु ल ५’को छायांकन भैरहेको छ । यो फिल्मको पहिलो सिरिजले नै हो, अभिनेता जीवन लुइटेललाई स्टार बनाएको । तर, जीवन लुइटेल यो फिल्मको पाँचौ सिरिजमा जीवन लुइटेल छैनन् । जीवन अष्ट्रेलिया पुगेर उतै बस्न थालेका छन् । नेपाली फिल्म क्षेत्रमा कुनै समय चर्चामा रहेका जीवन अहिले हराएजस्तै भएका छन् ।


जीवन लुइटेललाई अहिले नेपाली फिल्म क्षेत्रले पनि पत्याउन छाडेका छन् । यता, जीवन जस्तै अभिनेता विराज भट्ट पनि हराएका छन् । विराज भट्ट नेपाली फिल्म क्षेत्रमा ‘जय परशुराम’बाट फर्किन खोजेका अभिनेता विराज पनि अहिले फिल्म क्षेत्रमा खासै देखिन छाडेका छैनन् । विराजले नेपाली फिल्म क्षेत्रमा फर्कन प्रयास गरेपनि उनी सफल भएनन् ।


विराज र जीवन कुनै समय नेपाली फिल्म क्षेत्रमा नम्बर १ अभिनेताको रुपमा थिए । तर, दुबै अहिले हराएका छन् । जीवन अमेरिकामा नै हराएका छन् भने विराज भोजपुरी फिल्म क्षेत्रमै सिमित छन् ।

 

For More videos Log on to Mazzako TV