के पल जस्तै एक दर्जन हिरो चाहिन्छ ?
नेपाली फिल्म क्षेत्र उभो लाग्न के चाहिएला ? राम्रो कथा, प्रविधी, राम्रा हल, राम्रा निर्देशक वा स्टार ? वास्तवमा फिल्म क्षेत्र उभो लाग्न यी सबै कुरा चाहिन्छ । तर, अभिनेता पल शाहको नजरमा उनी जस्ता एक दर्जन हिरो मात्र फिल्म क्षेत्रमा हुने हो भने यो क्षेत्र उभो लाग्छ ।

पलको यहि भनाइ अहिले सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल मात्र होइन, ट्रोल पनि बनेको छ । पलले आफूहरु २–३ जना मात्र भएर फिल्म क्षेत्र उभो नलाग्ने भन्दै अरु एक दर्जन आफूहरु जस्तो हिरो चाहिने बताए ।

तर, उनले यो कुरालाई भाती पुर्याएर बोल्न जानेनन् । जसले गर्दा, निर्देशक सुदर्शन थापाले बोल बच्चन भन्दा पनि अभिनय गर्न आवश्यक छ भन्दै कडा ब्यङ्ग्य गरे । पल, बोल्न नजान्दा धेरै ठाउँमा चिप्लिरहेका छन् ।
For More videos Log on to Mazzako TV








