फिल्म ‘जय शम्भु’को छायांकन हुन नसक्दा अभिनेत्री बर्षा सिवाकोटीलाई भने पिर परेको छ । फिल्मको छायांकन भएको भए उनी सेड्यूल मिलाएर अमेरिका जाने तयारीमा पनि छिन् ।

तर, अमेरिकाको भिसा आएकै आधा बर्ष बढी भैसक्दा पनि उनी विभिन्न कारणले रोकिएकी छिन् । कहिले फिल्म ‘रानी महल’ त कहिले फिल्म ‘जय शम्भु’ । बर्षालाई यी फिल्मले हैरान बनाएका छन् ।

‘रानी महल’ त सुटिङ नै सुरु नभएपछि उनले छाडिन् । तर, ‘जय शम्भु’को छायांकन विभिन्न कारणले गर्दा रोकिएपछि उनलाई तनाव भएको हो । फिल्मको छायांकन सुरु हुने आशामा उनले अन्य काम पनि गर्न पाएकी छैनन् । बर्षा फिल्म पाएर त दंग थिइन् । तर, फिल्मको काम नै अपुरो हुन थालेपछि हैरान हुन थालेकी छिन् ।

For More videos Log on to Mazzako TV