केकीको दौडधुप एक्सप्रेस
अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्मको नाम हो, ‘कोहलपुर एक्सप्रेस’ । तर, यसपटक फिल्मको नाम जस्तै केकीको व्यस्तता ‘दौडधुप एक्सप्रेस’ मा बदलिएको छ ।अभिनेत्री केकी अधिकारीलाई फिल्म निर्माण गर्न कति गाह्रो रहेछ भन्ने बल्ल थाहा भएको छ । फिल्मको काम त छदै छ, अर्कोतिर मिडिया प्रचारमा उनको व्यस्तता झनै बढेको छ ।

सधै, पैसा लिएर काम गरेकी केकी अहिले धेरै ठाउँमा पैसा तिरिरहेकी छिन् । निर्मात्री बन्दाको अनुभव केकीका लागि सहज छैन । विशाल भण्डारीको निर्देशनमा तयार भएको यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपानेको मुख्य भूमिका छ । फिल्मका केहि संवादलाई लिएर फेसबुकमा विभिन्न खालका भिडियो बनेको देख्दा केकीले राहत महशुश गरिरहेकी छिन् । तर, फिल्म रिलिजको मितिसम्म केकीको फिल्मको नाम जस्तै ‘दौडधुप एक्सप्रेस’ रोकिनेवाला छैन ।
For More videos Log on to Mazzako TV








