अनमोलको फरक टेष्ट, दर्शकलाई पच्यो कि पचेन ?
अभिनेता अनमोल केसी लगातार ४ वटा फिल्ममा चलकेटी अनुहारका कारण चलेपछि पाँचौ फिल्म ‘कृ’ मा फरक लुक्समा देखिए । अनमोल आफै पनि नयाँ प्रयोग गर्न खोजिरहेका थिए । सोहि, प्रयोगका कारणले अनमोललाई आफूलाई बदले ।
अनमोलको यो बदलाव दर्शकका लागि नयाँ थियो । फिल्म रिलिजपछि अनमोल रुचाइए, फिल्मलाई अपेक्षित रुचाइएन । अनमोल अहिले फिल्म क्षेत्रमा नयाँ प्रयोग गर्न खोजिरहेका छन् ।
यहिकारणले गर्दा उनले फिल्म ‘क्याप्टेन’ मा आफूलाई फुटबल खेलाडी बनाउँदैछन् । अनमोलका फ्यानहरु उनको रोमान्टिक अवतारमा बढी लालयित छन् । २४ बर्षका अनमोल भने आफूलाई फरक फरक शैलीमा ढालिरहेका छन् ।
अनमोलको फुटबल खेलाडी बन्दा चुनौती पनि छ । कारण, उनका लागि यो रिक्स जोन हो । अनमोललाई चकलेटी भूमिकामा रुचाउनेहरु उनको नयाँ अवतारलाई स्विकार गर्लान् त ? कि अनमोलले अहिले नै यसरि फरक स्वादमा रमाउन हतार त गरेका छैनन् ? ‘क्याप्टेन’ रिलिज पर्खियौ ।
For More videos Log on to Mazzako TV