बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलवार दिउँसो १२ बजे हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

क्यान्सर पीडित यशोदाको सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा निधन भएको थियो । पशुपतिको आर्यघाटमा श्रीमतिलाई सम्झिएर मदनकृष्णका आँखामा आँशु अडिएनन् ।

मदनकृष्ण भावविह्वल हुँदा हरिवंशलाई पनि सम्हालिन गाह्रो भयो । पशुपतिमा यशोदालाई श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो ।

यशोदाका दुई सन्तान छन् यमन र सरना । हाम्रो तर्फबाट स्वर्गीय यशोदा सुवेदीको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौ ।

For More videos Log on to Mazzako TV