बर्षालाई हच्कायो यो बर्षले
चैत्र महिना सकिदै लाग्दा, अब भन्न सकिन्छ कि, यो बर्ष अब अभिनेत्री बर्षा राउतका कुनै पनि फिल्म रिलिज हुने छैनन् । यसैले, अभिनेत्री बर्षा राउतका लागि यो बर्ष गतबर्षको जस्तो फलिफाप भयो कि भएन भनेर चर्चा गर्न सहज बनेको छ ।

गतबर्ष, ‘नाई नभन्नु ल ४, छक्का पन्जा, जात्रा’ जस्ता फिल्म हिट भएपछि बर्षा राउतले अरु सबै अभिनेत्रीलाई उछिनेकी थिइन् । तर, यो बर्षले बर्षालाई हच्काएको छ । कारण, यो बर्ष उनी अभिनित फिल्म त हिट भए, तर उनी हिट भइनन् । जति, चर्चा गतबर्ष पाएकी थिइन् । ‘छक्का पन्जा र मिस्टर झोले’ हिट भैरहँदा बर्षा राउत छायाँमा परिन् ।

‘मिस्टर झोले’मा उनलाई अर्की अभिनेत्री दिया पुनले ओझेलमा पारिन् । ‘छक्का पन्जा’मा बर्षाको आधुनिक यूवतीको शैली दर्शकका लागि खासै प्रियकर बनेन । ‘मेरो पैसा खोई’ त असफल भयो । यो बर्ष बर्षाको आलोचना उनको तौलका कारण बढी भएको छ । यसैले पनि यो बर्षले बर्षाको रफ्तारको यात्रामा केहि मात्रामा खुड्किलो खडा गरिदियो ।
For More videos Log on to Mazzako TV







