प्रदिपसँग सुहायो जसिताको जोडी (फोटो/ भिडियो)
अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ अहिले दौडधुपमा छन् । उनीहरु, फिल्म ‘लिलिबिली’को प्रिमियरका लागि जापान पुगेका छन् ।

नेपालमा पनि उनीहरु फिल्मको प्रचारका लागि खुबै दौडिए । यो फिल्म रिलिज अगावै प्रदिप र जसिताको जोडीको चर्चा बजारमा चल्न थालेको छ ।

प्रदिपसँग पहिलो पटक काम गरेकी जसितालाई संभावना बोकेकी अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो ‘लिलिबिली’मा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ पनि छन् । तर, फिल्मको निर्माण टोलीले प्रदिप र जसितालाई नै अगाडि बढाएको छ ।

जसिताको सुन्दरता, अभिनय र बानीको पनि चर्चा सुरु भएको छ । जसले, फिल्मको व्यापारमा फाइदा पुग्नेछ । यो फिल्मबाट पाएको चर्चाले प्रदिप र जसिताले नयाँ फिल्ममा पनि काम गर्नुपर्छ भन्ने फ्यानको आग्रह छ ।

Watch Mazzako Video Here :-
For More videos Log on to Mazzako TV








