‘लिलिबिली’ लाई जापान प्रिमियरमा मज्जाको प्रतिक्रिया, टीम उत्साहित
युवा स्टार प्रदीप खड्का तथा नव– नायिका जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’ को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । फिल्मको टोकियो स्थित नकानो जिरो हलमा आइतबार प्रिमियर गरिएको हो ।

प्रिमियरमा प्रदीप, नायिका जसिता गुरुङ र निर्माता गोविन्द शाही टिमबाट उपस्थित थिए । चैत ३० गतेकाट अलनेपाल रिलिज हुने फिल्मको जापान प्रिमियर डेस्टिनी क्रियसनको सहकार्यमा गरिएको हो । लिलिबिली लाई प्रिमियरबाट मज्जाको प्रतिक्रिया मिलेको छ ।

निर्माता शाहीले जापानको दर्शकले दिएको मायाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे । ‘सबैले राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो’ शाहीको भनाई छ ।

मिलन चाम्स निर्दे्शित ‘लिलिबिली’ मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको अभिनय रहेको छ । निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्का निर्मित फिल्मको प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसारलाई तिव्र बनाइएको छ ।

For More videos Log on to Mazzako TV








