यहि चैत २३ गते भारत भ्रमणमा गर्न लागेका प्रधानमन्त्री केपी शर्मासंगै दुई जना नेपाली कलाकारले भ्रमण गर्ने भएक छन् । केही दिन अगाडि राजधानीमा आयोजित ‘दोस्रो फान अवार्ड’ मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउने प्रतिबद्धता गरेका थिए । प्रधानमन्त्री ओलीले महानायक राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई आफ्नो राजकिय भ्रमणमा सहभागी गराउने भएका हुन् ।

प्रधानमन्त्री कार्यालय बालुवाटारबाट यसको औपचारिक पुष्टि भएको छ । भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भैसकेको ओली बताए । उनले त्यहाँ नेपालमा सुटिङमा आउनका लागि भारतीय कलाकारलाई आग्रह गर्नेछन् ।
ओलीको भ्रमण चैत २३, २४ र २५ गते हुने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेका हुन् ।

For More videos Log on to Mazzako TV