प्रधानसेनापति देखी राजनितिक दलका नेताले ‘शत्रु गते’ मन पराए
गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ’शत्रु गते’ ले व्यवसायिक सफलता त पाएको छ नै साथै दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुली रहेको छ । फिल्मको वर्ड अफ माउथ बलियो भएपछी यसले ब्यापारमा कमि आउँन दिएको छैन ।

केहि दिन अगाडी मात्र पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवार सहित फिल्म हेरेका थिए । यसै फिल्मलाई पछिल्लो समय प्रधानसेनापति राजेन्द्र बहादुर क्षत्रीले परिवार सहित हेरेका छन् । उनले राजधानी स्थित क्युज सिनेमामा स(परिवार फिल्म हेरेका हुन् ।

आयोजित विशेष शो मा फिल्मलाई प्रधानसेनापति क्षत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी , नेत्री तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित हेरेका छन् ।
For More videos Log on to Mazzako TV








