साम्राज्ञीको अनुहारमा ‘तिमी सँग’ को भय

शुक्रबारदेखि फिल्म ‘तिमी सँग’ रिलिज हुँदैछ । यो फिल्मको गीत, ट्रेलर चर्चित पनि छ । तर, यो चर्चाले मात्र सबै कुरा पुग्नेवाला छैन । यो फिल्ममा मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् ।

सामाज्ञीको भूमिकाकै कारणले पनि यो फिल्मले बढी हाइप पाएको हो । साम्राज्ञी आफैमा पनि एउटा चर्चित कलाकार हुन् । २ वटा फिल्म हिट दिइसकेकी साम्राज्ञीका लागि यो फिल्म चलेको खण्डमा ह्याट्रिक त हुन्छ ।

तर, अहिले उनलाई यो फिल्मको भय छ । कारण, फिल्म चले पनि उनलाई नै फाइदा छ, नचले उनलाई नै घाटा छ । किनकी, यो फिल्मको सम्पूर्ण भार साम्राज्ञीमाथि थोपरिएको छ ।

फिल्मका २ हिरो नाजिर हुसेन र आकाश श्रेष्ठ भन्दा साम्राज्ञीको क्रेज बढी छ । यसैले, साम्राज्ञीको काँधमा ‘तिमी सँग’ छ । चैत्र २३ गतेबाट रिलिज हुने यो फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV








