अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई अहिले हाइहाई नै छ । दीपाश्री नेपालमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मकी निर्देशक हुन् ।दुबै फिल्मले रेकर्ड ब्रेकको व्यापार गरेपछि दीपाश्रीको हाइहाइ भएको हो । दीपाश्री फिल्म बनाउन, अभिनय गर्न मात्र होइन, क्यामेराको अगाडि फोटो खिचाउन पनि माहिर नै छिन् ।

दीपाश्री जब क्यामेरा अगाडि पर्छिन्, रंग नै ल्याउँछिन् । केही दिन अगाडि आयोजना भएको एउटा कार्यक्रममा हरियो सारी लगाएर पुगेकी दीपाश्रीले गीत गाउँदै तस्बिर खिचाइन् ।

दीपाश्रीलाई कस्तो पोजमा तस्बिर खिचाउँदा मिडियामा चर्चा हुन्छ भन्ने राम्रोसँग थाहा छ । यसैले अन्य अभिनेत्रीले पनि तस्बिर खिचाउने बिषयमा दीपाश्रीबाट सिक्दा राम्रो हुन्छ ।

For More videos Log on to Mazzako TV