के रेजिनालाई फेरि पत्याउलान कुनै निर्माताले ?
अभिनेत्री रेजिना उप्रेती फिल्म क्षेत्रबाट टाढा छिन् । उनलाई लिएर अहिले कुनै पनि निर्माताले फिल्म बनाउने चाहना राखेका छैनन् । बिहे गरेर सन्तानकी आमा भैसकेपछि रेजिनामाथि लगानी गर्न निर्मातालाई गाह्रै पर्छ ।
तर, केहि बर्ष फिल्मी पर्दाबाट टाढा रहेकी रेजिनालाई अब भने विस्तारै कला मोहले छोप्न थालेको छ । उनका पहिरन र नृत्यको मोहले पनि यो कुरा वुझ्न सकिन्छ ।
शुक्रबार आयोजना भएको ‘दोश्रो फान अवार्ड’, शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको दिवा भोजमा पुग्दा रेजिना फेसनमा सजिइन् ।
रेजिना, एक छोरीकी आमा भन्दा पनि निकै फिट एण्ड फाईन अभिनेत्री जस्ती देखिएकी थिइन् । मिडियाको अगाडि उनले पोज पोजमा तस्बिर खिचाएको देख्दा पनि यो कुरा भन्न सकिन्छ, उनलाई फिल्मको रंगीन मोहले फेरि तानेको छ ।
यस्तै, उनले शुक्रबार आयोजना भएको अवार्डमा नृत्य समेत प्रस्तुत गरिन् । स्टेज र फिल्मी पर्दाबाट टाढा रहेकी रेजिनाको यो शैलीले उनलाई फेरि फिल्ममा फर्कन मन लागेको प्रष्ट छ । रेजिनालाई के अब कुनै निर्माताले पत्याउलान् त ?