आकाशलाई आईलाग्यो यस्तो आपत्त
कहिले कलाकार कुनै फिल्म नपाएर हैरान हुन्छन् । कहिले, आफू अभिनित फिल्मको सेड्यूल मिलाउन नसकेर हैरान हुन्छन् । पहिलो फिल्मबाटै असफलता भोगेका अभिनेता आकाश श्रेष्ठ अहिले व्यस्त मात्र होइनन् चर्चामा पनि छन् ।

तर, उनलाई अहिले निकै आपत्त परिरहेको छ । उनी, अभिनित ४ फिल्म २–२ महिनाको अन्तरमा रिलिज हुँदैछन् । जसमा, ३ वटा फिल्मको छायांकन सकिएको छ भने एउटा फिल्म छायांकनमा छ । जसलेगर्दा, आकाशलाई कता जाने र कसरी समय मिलाउने भैरहेको छ ।

चैत्र २३ गतेबाट रिलिज हुने फिल्म ‘तिमी सँग’को प्रचारका लागि पनि दौडनुपरेको छ । यसैविचमा, फिल्म ‘ब्ल्याक’को गीत पनि आज रिलिज भएको छ । अर्कोतिर, फिल्म ‘ड्रिम गर्ल’ पनि पोष्ट प्रोडक्शनमा छ ।

त्यस्तै गरेर , फिल्म ‘रामकहानी’को छायांकन अहिले धमाधम भैरहेको छ । आकाशलाई यी ४ वटा फिल्मका लागि समय मिलाउन धौ धौ परेको छ । कहिले फिल्म नचलेर टेन्सन, कहिले धेरै भएर टेन्सन ।

For More videos Log on to Mazzako TV








