अभिनेता अनमोल केसीले चैत्र १६ र १७ गतेगरि २ दिन जन्मदिन मनाए । चैत्र १६ गते उनले आफ्ना साथीभाई, आफन्त, परिवारसँग जन्मदिन मनाएका थिए ।


अनमोलका पिता भूवन केसीले अनमोललाई फिल्म ‘कृ’को यूनिट, मिडियासँग जन्मदिन सेलिव्रेशन गर्न नभनेका पनि होइनन् । तर, अनमोल आफ्नै दुनियाँमा रनभुल्ल परे ।
अनमोल फिल्म चल्दा मात्र मिडियामा सार्वजनिक हुन्छन् । अरु, समयमा उनलाई भेट्न मिडियाकर्मीलाई पनि मुश्किल नै पर्छ ।

तर, अनमोलका लागि फ्यान भने निकै प्यारा छन् । चैत्र १७ गते केहि यूवती र यूवा फ्यान केक, गिफ्ट बोकेर उनको घरमै पुगे । अनमोलले फ्यानका लागि समय दिए । उनीहरुसँग सेल्फी खिचाए, केक काटे र सेलिव्रेशन गरे ।


अनमोलले अरुसँग खासै जन्मदिन मनाउन नचाहेपनि फ्यानको भने मन दुखाएनन् । अनमोलका लागि फ्यान कति प्यारा रहेछन् भन्ने यहाँबाट पनि थाहा हुन्छ ।

For More videos Log on to Mazzako TV