अनमोलको गीत यस्तो बनेर आयो, जसले ११ लाख तिरायो (भिडियो)
११ लाख क्षतिपुर्ति तिरेसँगै चलचित्र ‘कृ’को बिबाद मिलेको छ । तर, ‘कृ’का निर्माता सुवास गिरी भने आफुमाथी अन्याय भएको, अपहरण शैलीमा आफुसँग पैसा असुलिएको प्रतिक्रिया दिएका छन् । शम्भु प्रधानले ११ लाख लिएसँगै ‘कृ’मा प्रयोग गरिएको उनको सिनेमा सम्झनाको गीतको अंश हटाईएको छ । गीतबाट सो अंश हटाएपछि ढुकढुकी शीर्षकमा गीत पुन: सार्वजनिक गरिएको छ ।

‘कृ’ को यस गीतमा संगीत चोरी गर्ने संगीतकार भनेर आरोप लाग्दै आएका अल्मोडा राना उप्रेतीको आवाज सुन्न पाईन्छ । सविन एकतारेको शब्द रहेको गीतमा अल्मोडा आफैंले स्वर र संगीत भरेका छन् ।

अनमोल केसी र नायिका अदिती वुढाथोकीको अभिनय रहेको यस गीतमा कपिराईटमा परेका शब्दहरुलाई हटाएर, फोटो स्लाईड बनाएर केही नयाँ शब्दहरु थपेर सार्वजनिक गरिएको हो ।

११ लाख काण्ड भनि चर्चा कमाएको गीत अहिले यस्तो बनेर आएको छ ।
For More videos Log on to Mazzako TV








