पछिल्लो समय मिडियामा पल शाह र आँचल शर्माको सम्बन्धको चर्चा अलि बढि नै छ । प्रेम प्रसंगको कुराकानी देखि विवाहको योजनाका कुराहरु, गसिपहरु यतिबेला मिडियामा छाईरहेका छन् । पर्दाको यो फिट जोडीलाई रियल लाईफमा  सँगै हेर्ने दर्शकको चाहना भएको बुझिन्छ । यि जोडी अभिनित म्युजिक भिडियो र युट्युबका सामाग्रीहरुमा आउने कमेन्टहरुले पनि सोही कुरा पुष्टि गर्छ । तर, अब आँचल पल होईन, आँचल आकाश भन्दा कसो होला ???

आँचलले पल बाहेक अन्य नायकहरुसँग ‘कम्फर्टेबल फिल’ गर्दिनन् होला भन्ने अधिकांशको बुझाईलाई आँचलले मात खुवाएकी छिन् । नायक आकाश श्रेष्ठसँगको उनको रोमान्स हेर्दा लाग्छ यो जोडीको ‘कम्बो’ निकै मिलेको छ । एक अर्काको सामिप्यतालाई अनि केमेष्ट्री पर्दामा हेर्दा निकै उत्कृष्ट लाग्छ । चलचित्र ‘ब्ल्याक’को भर्खरै सार्वजनिक गीतमा यि मिठो ‘कम्बिनेशन’ हेर्न पाईन्छ ।

सुगम पोख्रललको आवाजमा रहेको चलचित्र ‘ब्ल्याक’को ‘पलपल हरपल’ गीतको मेकिङ्ग र लोकेशन निकै उत्कृष्ट छ । गीत सुन्दा जति आनन्द आँउछ हेर्दा पनि भिडियोले आँखालाई उत्तिकै शीतललता प्रदान गर्छ । गीतलाई मुस्ताङ्गमा छायांकन गरिएको हो । कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

सर्वाजनिक गरिएको यस गीतमा डा. कृष्णहरी बरालको शब्दरचना रहेको छ भने संगीत महेश खड्काले दिएका हुन् । चलचित्र ‘ब्ल्याक’लाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV