अभिनेता भूवन केसी र अभिनेत्री जीया केसीको प्रेमलाई अब कसैले रोक्न नसक्ने भएको छ । कारण, जीया र भूवन एकसाथ सार्वजनिक कार्यक्रममा देखिन आनाकानी गर्थे ।

तर, स्कटल्याण्डमा फिल्म ‘कृ’को गीत खिच्न जाने समयमा एकसाथ मिडियामा आएपछि यी दुइलाई अब कसले रोक्ने । यसैले पनि भूवन र जीया सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थालेका छन् ।

राजधानीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोश्रो फान अवार्ड’मा जीया र भूवन एकसाथ पुगेका छन् । दुबैजना अब, केको चिन्ता भन्ने शैलीमा पुगेका थिए । जीयाको पहिरनमा सजिएकी थिइन् ।

जीया र भूवन यसरि एकसाथ सार्वजनिक कार्यक्रममा पहिलो पटक पुगेका हुन् । अब, जीया र भूवनलाई कसले रोक्ने ?

For More videos Log on to Mazzako TV