पल र आँचल सुटुक्क किन भागे ?
सायद, अब अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा मिडियामा आफूहरुको प्रेमलाई चर्चामा राखिराख्न चाहन्नन् । उनीहरुको अभिनय भन्दा पनि प्रेमको चर्चाले बढी स्थान पाएपछि अब उनीहरु मिडियामा एकसाथ नदेखिन परे हुन्थ्यो जस्तो गर्न थालेका छन् । जुन दृश्य आज आयोजित अवार्ड समारोहमा पनि देखियो ।
अधिकांश कलाकार अवार्डमा पुगेर पोज पोजमा तस्बिर खिचाउन तल्लिन थिए । तर, आँचल र पल मिडियाको अगाडि नै परेनन् । बरु, मिडियाको क्यामेरालाई छल्दै उनीहरुको अर्को ढोकाबाट कार्यक्रम हलमा प्रवेश गरे ।
उनीहरुले यो अवार्डमा प्रस्तुति पनि दिएकाले आफुहरुको प्रस्तुति छ भन्दै पछाडिबाट गएका थिए । के अब, मिडियामा आउने गसिपका कारण यी दुइपनि वाक्क भएका हुन् त ?
For More videos Log on to Mazzako TV